Rule 46
जेष्ठताको मूल्याङ्कन
: (१) सशस्त्र प्रहरी कर्मचारीलाई जेष्ठता बापतको अङ्क प्रदान गर्दा हाल बहाल रहेको श्रेणी वा तहको पदमा काम गरेको प्रत्येक वर्षको लागि एक दशमलब पाँच अङ्कका दरले अधिकतम बीस अङ्क दिइनेछ ।
(२) उपनियम (१) बमोजिम एक वर्षभन्दा कम अवधिको ज्येष्ठता बापतको अङ्क गणना गर्दा दामासाहीबाट गणना गर्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कारणले सेवाबाट हटी पुनर्बहाली भएका सशस्त्र प्रहरी कर्मचारीको हकमा निज रुजु हाजिर नभएको अवधिको ज्येष्ठता वापतको कुनै अङ्क दिईने छैन ।